01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

Press Release

Rolpa Sub-Branch Opening and Insurance Awareness Programme

March 12, 2019
Rolpa Sub-Branch Opening and Insurance Awareness Programme

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्सको रोल्पा उपशाखा उद्घाटन संगै बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पा उपशाखा कार्यालयको उद्घाटन गरेको छ । ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ । कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा रोल्पा नगरपालिकाका मेयर पूर्ण के.सी., पत्रकार महासंघका प्रतिनिधि खेम बुढा समाजसेवी कृष्ण बहादुर घर्ति लगायत स्थानीय, तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रबन्धक श्री कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका वारे प्रकाश पार्नु भएकोे थियो ।