Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022

संचालक समितिका अध्यक्ष श्री अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको थियो ।उक्त साधारण सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरु क्रमश: अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा निर्विरोध निर्वाचित हुनुभएको छ । आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षक श्री सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् श्री सुशिल घिमिरे (एफ.सि.ए.) लाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको पूँजी बृद्धि गर्ने लगायत प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।उक्त साधारण सभामा संचालक श्री नीतु क्यालको स्वागत मन्तव्य र संचालक सदस्य श्री किरण के.सि.ज्यूबाट धन्यवाद ज्ञापन गरिएको थियो । सभामा कम्पनीका शेयरधनीहरु लगायत कम्पनीको प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक एवम् कर्मचारीहरुको उपस्थित रहेको थियो ।
Fifth Anniversary Press Release
September 22, 2022..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..