01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

प्रेस रिलिज

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो बार्षिक सााधारण सम्पन्न

August 9, 2021
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो बार्षिक सााधारण सम्पन्न

प्रेस विज्ञप्ति

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो बार्षिक सााधारण सभा मिति २०७८/०४/२५ गते सोमबार, भर्चुअल कर्पोरट कार्यालय, काठमाडौमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष श्री अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको थियो ।

उक्त साधारण सभाबाट स्वतन्त्र संचालकको नियूक्ति, लेखापरिक्षकको नियूक्ति एवम् प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव सर्व सम्मतबाट पारित गरिएको थियो । उक्त साधारण सभामा संचालक श्री नीतु क्यालको स्वागत मन्तव्य, शेयरधनी श्री निरञ्जन कुमार टिवरेवालाबाट शुभकामना मन्तव्य र संचालक नारायण रुंगटाज्यूबाट धन्यवाद ज्ञापन गरिएको थियो । कम्पनीका शेयरधनी मध्ये १० जना प्रत्यक्ष उपस्थिति रहेको र अन्य शेयरधनीहरुको भर्चुअल उपस्थिति रहेको थियो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक एवम् कर्मचारीहरु उपस्थित रहेको उक्त सभा कम्पनी सचिव श्री विवेक खरेलज्यूले संचालन गर्नुभएको थियो ।

२०७८ श्रावण २५ गते