01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

प्रेस रिलिज

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा सम्पन्न भएको छ ।

April 24, 2022
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा सम्पन्न भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा मिति २०७९/०१/०९ गते शुक्रबार, हायात प्लेस, ताहाचल, काठमाडौमा सम्पन्न भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा मिति २०७९/०१/०९ गते शुक्रबार, हायात प्लेस, ताहाचल, काठमाडौमा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष श्री अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको थियो ।उक्त साधारण सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरु क्रमश: अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा निर्विरोध निर्वाचित हुनुभएको छ । आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षक श्री सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् श्री सुशिल घिमिरे (एफ.सि.ए.) लाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको पूँजी बृद्धि गर्ने लगायत प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।उक्त साधारण सभामा संचालक श्री नीतु क्यालको स्वागत मन्तव्य र संचालक सदस्य श्री किरण के.सि.ज्यूबाट धन्यवाद ज्ञापन गरिएको थियो । सभामा कम्पनीका शेयरधनीहरु लगायत कम्पनीको प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक एवम् कर्मचारीहरुको उपस्थित रहेको थियो ।