Kamana Sewa Bikash Bank and Sun Nepal Bancasurance
February 17, 2019प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंक बीच
बैंकास्योरेन्स सम्झौता
सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता अन्र्तगत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।