Insurance Awareness Programme at Khalanga, Darchula
January 1, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दार्चुलाको खलङ्गामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष १७ गते दार्चुलाको खलङ्गामा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा दार्चुलाका माननीय जिल्ला न्यायधीस श्री गिरीराज गौतम, प्रमुख जिल्ला अधिकारी श्री खुमाकान्त आचार्य, नेपाली सेनाका गुल्मपती श्री दुर्गा रावल, सशस्त्र प्रहरीका निमित्त गुल्मपती श्री ईश्वरी दत्त भट्ट लगायत स्थानीय समाजसेवी, पत्रकार, उपस्थिती रहेको थियो ।
खलङ्गाको खुलामञ्चमा करिव पच्चीस सय जनाको सहभागीता रहेका विशाल बीमा जागरण कार्यक्रममा दार्चुलाका माननीय जिल्ला न्यायधीस श्री गिरीराज गौतमले शुभकामना मन्तब्य दिनुका साथै महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..