Insurance Awareness Programme at Doti & Dadeldhura
January 6, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा डोटी र डडेल्धुरामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष २१ गते डोटी र डडेल्धुरामा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । डोटीमा भएको कार्यक्रममा कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा दिपायल सिलगढी नगरपालिकाका मेयर मन्जु मलासी, उपमेयर शिवराज खड्का, शिखर नगरपालीकाका मेयर सिताराम जोसी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेल, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय समाजसेवी, पत्रकार, रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो ।
यस्तै सोही दिन डडेल्धुरामा संचालित कार्यक्रममा सामाजिक अभियन्ता तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले फजुल खर्च गर्नुभन्दा बीमा गर्न आग्रह गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय डडेल्धुराले शनिबार जिल्ला सदरमुकाम बस पार्कमा आयोजना गरेको बीमा जागरण कार्यक्रममा उनीहरुले सो आग्रह गरेका हुन् । कार्यक्रममा सहभागी हुन पहिलो पटक डडेल्धुरा आएका धुर्मुसले भने, ‘रक्सी–जाड, चुरोट खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस् ।’ जाँड रक्सी बिँडी–चुरोटमा खर्च गर्ने पैसाले बीमा गरेर खुशी बन्न सकिने उनको भनाइ थियो । अहिले आवश्यक भन्दापनि अनावश्यक ठाउँमा खर्च गर्ने परिपाटीको विकास भएकाले मदिरा, चुरोट, खैनि जस्तो क्षेत्रमा अनावश्यक खर्च गर्नुभन्दा पनि जीवनलाई सुरक्षा दिने क्षेत्रमा लगानी गर्न सुझाव दिए । सुदूरपश्चिममा अहिले पनि बालविवाह, छाउपडि कुप्रथा जस्ता सामाजिक कुरिति रहेकाले उल्लेख गर्दै धुर्मुसले यस्ता कुसंस्सकारका विरूद्व डटेर लाग्न नागरिकलाई आग्रह समेत गरेका छन् । जीवन बीमाले स्वयम व्यक्ति र पछिका सन्ततिलाई फाइदा पुग्ने भएकाले जीवन बीमालाई अझै प्रभावकारी बनाउनुपर्नेमा कलाकारद्धय धुर्मुस–सुन्तलीको जोड थियो । बीमा गर्नेहरूको भविष्य सुनौलो हुने भएकाले यसतर्फ ध्यान दिन उनीहरुको अनुरोध छ । कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कलमराज गौतम, डडेल्धुरा अमरगडि नगरपालिकाका नगरप्रमुख बिशेस्वर ओझा, जिल्ला न्यायधिस कृष्ण चन्द ज्ञवालि, प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसि, ससस्त्र प्रहरी बलका प्रमुख रमेश बहादुर कुवर, पत्रकार महसंघका अध्यक्ष मान बहादुर साउद लगायतको सहभागीता थियो । कार्यक्रममा ५ हजार बढि ब्यक्तिहरु सहभागी थिए । कार्यक्रममा महाप्रबन्धक गौतमले बिमा बारे जानकारी दिनुका साथै आफ्नो ४० बर्ष बिमा क्षेत्रको अनुभवलाई व्यक्त गर्नुभयो । सन नेपाल लाईफ सबैभन्दा राम्रो बिमा कम्पनि भएकाले सन नेपाल लाइफमै बिमा गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा डडेल्धुरा शाखा प्रबन्धक दिपेन्द्र कुमार साहले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार सिपि लोहियाले गर्नुभएको थियो भने बिभिन्न स्थानिय कलाकारहरुले आफना प्रस्तुति ब्यक्त गरेका छन् ।
Fifth Anniversary Press Release
September 22, 2022..
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..