Insurance Awareness Programme at Bajura
January 4, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाजुरामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष १९ गते दशौ हजार मानिसहरुका बिच बाजुरामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा वडिमालिका नगरपालिकाका मेयर श्री पदम वडुवाल, प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका गुल्मपति, नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक, वडा नं. ७ र ८ का वडा अध्यक्ष, उद्योग वायिाज्य संघ बाजुराका अध्यक्ष, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय समाजसेवी, पत्रकार, रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो ।
बाजुरामा आयोजित विशाल बीमा जागरण कार्यक्रममा वडिमालिका नगरपालिकाका मेयर श्री पदम वडुवालज्यूले बीमा चेतना बारे प्रकाश पार्नुको साथै कम्पनीका महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।
Fifth Anniversary Press Release
September 22, 2022..
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..