Garima Bikash Bank And Sun Nepal Bancasurance
January 13, 2019प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंक
बीच बैंकासुरेन्स सम्झौता
सन नेपाल लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंक बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोबिन्द प्रसाद ढकालले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता अन्र्तगत गरिमा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।