Death Claim Insurance Awareness Programme at Dhangadhi
December 30, 2018
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष १५ गते धनगढीमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरयो । बीमित स्वः दिनेश कुबँरले रु ४०,०१८।– बीमाशुल्क भुक्तानी गरि ५ लाख १३ हजार बीमाङ्कको जीवन बीमा गर्नु भएकोमा निजको २३ दिनमै दुर्घटनाको कारणले मृत्यु भएकोले निजको श्रीमती लक्ष्मी कार्कीलाई रु १० लाख २६ हजारको चेक रकम भुक्तानी गरियो । उक्त चेक रकम कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले सयुक्त रुपमा प्रदान गर्नुभयो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधी र धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैशीको उपस्थिती रहेको थियो ।
साथै कम्पनीले २०७५ पौष १५ गते नै कैलाली जिल्लामा अपार जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।
Fifth Anniversary Press Release
September 22, 2022..
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..