01-4436126 info@snlic.com
Kamaladi, Kathmandu Nepal
Stay Connected On

Press Release

Mega Bank And Sun Nepal Bancasurance

January 28, 2019
Mega Bank And Sun Nepal Bancasurance

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक बीच

बैंकासुरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपाल लि. बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र मेगा बैंक नेपाल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता अन्र्तगत मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मेगा बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।