01-4436126 info@snlic.com
Kamaladi, Kathmandu Nepal
Stay Connected On

Press Release

Death Claim Insurance Awareness Programme at Arghakhanchi

December 29, 2019
Death Claim  Insurance Awareness Programme at Arghakhanchi

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा

बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष १० गते अर्घाखाँचीमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो । २०७६ मंसिर ११ गते अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा यस कम्पनीबाट ५ लाख बीमाङ्कको जीवन बीमा गर्नुभएका बीमित स्वः मेधनाथ जैशीको सवारी दुर्घटनाको कारणले मृत्यु भएकोले निजको श्रीमती मान कुमारी भण्डारी जैशीलाई दुर्घटना लाभ र बोनस सहित रु १० लाख ३५ हजारको चेक रकम भुक्तानी गरियो । साथै सोही दुर्घटनामा परि मृत्यु भएका अर्का प्रस्तावक स्वः सीता बस्नेत (बीमित अनुप बस्नेतको आमा) का श्रीमान भेष राज बस्नेतलाई मासिक आय सुविधा वापतको रकम १० हजार र क्रिया खर्च वापत रु ५० हजार भुक्तानी गरियो । उक्त मासिक आय सुविधा बीमितको उमेर १६ बर्ष पुरा नभएसम्म प्रदान गरिनेछ । उक्त कार्यक्रममा महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।