01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

परिचय

परिचय

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल सरकार कम्पनी रेजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन, २०५३ अनुसार दर्ता भई बिमा ऐन, २०४९ बमोजिम बिमा समितिबाट जीवन बिमा व्यवसाय गर्न २०७४/०४/१८ मा बिमक दर्ताको, प्रमाणपत्र प्राप्त गरि मिति २०७४/०६/०६ मा औपचारिक रुपमा व्यवसाय प्रारम्भ गरेको हो । यस कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ जसमध्ये १ सय ४० करोड प्रवर्द्धक शेयरधारकहरू हुन र ६० करोड सर्वसाधारणलाई आईपीओ मार्फत निष्कासन गरिनेछ ।

यस कम्पनीको मुख्य शेयरधनीहरुमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका प्रतिष्ठित व्यापरिक घरानाका उद्योगपतिहरु, बैंकर, चार्टर्ड एकाउन्टेन्ट तथा व्यवसायिक व्यक्तिहरु रहेका छन् भने कम्पनीको उच्च व्यवस्थापन समूहमा जीवन बिमा क्षेत्रमा लामो समयदेखि कार्य गरी अनुभव व्यक्तिहरु कार्यरत रहेका छन् ।