Insurance Awareness Programme at Mangelsen Achham
January 6, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा अछामको साफेबगर र मंगलसेनमा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष २० गते हजारौ मानिसहरुका बिच मंगलसेन र साफेबगरमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । मंगलसेनमा भएको कार्यक्रममा कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा मंगलसेन नगरपालिकाका मेयर पदम बहादुर बोहरा, उपमेयर सरिता उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउपालिका तथा वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय समाजसेवी, पत्रकार, रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा मेयर, प्रमुख जिल्ला अधिकारी र कम्पनीका व्राण्ड एम्वेस्डरले उत्कृठ अभिकर्ताहरुलाई सम्मान गर्नुभएको थियो ।
यस्तै सोही दिन साफेबगरमा संचालित कार्यक्रममा कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा साफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवर, उपमेयर बिर्मला बुदथापा, ईलाका प्रहरी कार्यालयका प्रमुख, विभिन्न गाउपालिका तथा वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय समाजसेवी, पत्रकार, रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो ।
मंगलसेन र साफेबगरमा आयोजित विशाल बीमा जागरण कार्यक्रममा कम्पनीका महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।
Fifth Anniversary Press Release
September 22, 2022..
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..