Death Claim Paid SUN NEPAL LIFE
April 3, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ चैत्र १८ गते चाँगुनारायण न.पा.वडा नं ८ भक्तपुरको वडा कार्यालयमा मृत्युदावी भुक्तानी कार्यक्रम आयोजना गरी उक्त वडा निवासी वीमित स्व. यम कुमारी दुलाल खत्रीका हकवाला छोरा श्री उमेश दुलाल खत्रीलाई मृत्युदावी वापत चेक हस्तान्तरण गरीयो । कम्पनीका सुर्य बिनायक शाखाका शाखा प्रबन्धक श्री भुवन के.सी द्वारा संचालित कार्यक्रममा प्रमुख अतिथी चाँगुनारायण न.पा.वडा नं ८ का वडा अध्यक्ष श्री परासर सापकोटाबाट रु.२००००० को चेक तथा कम्पनीको सहायक महाप्रबन्धक श्री चुडामणि सुबेदी बाट मृत्यु दावी भुक्तानी सम्बन्धी पत्र हस्तान्तरण गरीयो । बीमित स्वः यम कुमारी दुलाल खत्रीले बिमालेख नम्बर ३०२००००००१४९ अन्तर्गत १८ बर्ष अबधिको सन लाइफ साबधिक जीबन बिमा योजनामा बिमाङ्क रु.२००००० जीबन बिमा गराउनु भएकोमा मिति २०७५/१०/०६ गते वहाँको मृत्यु भएको थियो । स्थानीय बासिन्दा, बिमा अभिकर्ता लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथि लगायत बक्ताहरुले जीबन बिमाको महत्व र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बारेमा प्रकाश पार्नु भएको थियो । साथै प्रमुख अतिथीले समयमै सहज प्रकृयाबाट दाबी भुक्तानी भएकोमा कम्पनीलाई धन्यबाद प्रकट गर्दै सम्पूर्ण उपस्थित जनमा समयमानै जीबन बिमा गरी आफु र आफ्ना आश्रीतका लागि आर्थिक जोखिमको ब्यबस्थापन गर्न आह्वान गर्नु भएको थियो ।
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..