Death Claim Insurance Awareness Programme at Dhangadhi
January 9, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष २२ गते लम्कीमा एक कार्यक्रमका बीच कम्पनीका महाप्रवन्धक कमल राज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली” लम्कीचुहा नगरपालिकाका मेयर श्री महादेब बजगाईको उपस्थितीमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो । यस कम्पनीमा रु ३००,०००।– बीमाङ्गको बीमा गर्नुभएका लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग हुनुभएकोमा निजलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरियो । कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ र निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको रु ३००,०००।– र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ ।
साथै कम्पनीले सोही दिन लम्कीमा हजारौ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..