01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

Press Release

NIC ASIA Bank & Sun Nepal Bancasurance

December 27, 2018
NIC ASIA Bank & Sun Nepal Bancasurance

प्रेस बिज्ञप्ति

सन नेपाल लाइफ इन्स्योरेन्स र एन आई सी एशिया बैंक बीच बैंकासुरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र एन आई सी एशिया बैंक लि. बिच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र एन आई सी एशिया बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अन्र्तगत एन आई सी एशिया बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु एन आई सी एशिया बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
साथै कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुरयाउन ६० करोड मुल्यकोे IPO शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।