Insurance Awareness Programme at Bajang, Chainpur
January 2, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बजाङ्गको चैनपुरमा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष १८ गते बजाङ्ग, चैनपुरको खुल्लामञ्चमा आयोजित कार्यक्रममा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा संविधान सभाका माननीय सदस्य भिम बहादुर वखडा जि.स.स.नि. संयोजक, प्रमुख जिल्ला अधिकारी, जयपृथ्वी नगरपालिकाका उपमेयर जुना ग्रागी, गा.पा. अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, निमार्ण व्यवसायी संघका अध्यक्ष, जिल्ला स्थित पत्रकार महासंघका अध्यक्ष लगायत स्थानीय समाजसेवी, पत्रकार, रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो ।
बजाङ्खको चैनपुर रङ्गशालामा आयोजित विशाल बीमा जागरण कार्यक्रममा संविधान सभाका माननीय सदस्य भिम बहादुर वखडा शुभकामना मन्तब्य दिनुका साथै महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..
Insurance Awareness Programme at Basgadi and Kohalpur
January 7, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र..
Death Claim Insurance Awareness Programme at Fattepur
January 6, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा फत्तेपुरमा बीमा जागरण..