Death Claim Paid SUN NEPAL LIFE
October 22, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ कार्तिक ०४ गते धनुषाधाममा मृत्युदावी भुक्तानी कार्यक्रम आयोजना गरी धनुषाधाम न.पा. –१, धनुषा निवासी वीमित स्व. विनोद मण्डलका हकवाला श्रीमती अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरीयो । कम्पनीका वरिष्ठ प्रवन्धक श्री नवराज चौधरीद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथी धनुषाधाम नगरपालीका का मेयर श्री वालेश्वर मण्डल र कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतमबाट सयुक्त रुपमा रु १०,३५,००० को चेक हस्तान्तरण गरीयो । बीमित स्वः विनोद मण्डलले बिमालेख नम्बर २०१००००००७६७ अन्तर्गत १५ बर्ष अबधिको नवीन आजीवन जीबन बिमा योजनामा बिमाङ्क रु.१०,००,००० को जीबन बिमा गराउनु भएको थियो ।
स्थानीय निकायका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, पत्रकार, स्थानीय बासिन्दा, बिमा अभिकर्ता लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथि लगायत बक्ताहरुले जीबन बिमाको महत्व र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बारेमा प्रकाश पार्नु भएको थियो । साथै प्रमुख अतिथीले समयमै सहज प्रकृयाबाट दाबी भुक्तानी भएकोमा कम्पनीलाई धन्यबाद प्रकट गर्दै सम्पूर्ण उपस्थित जनमा समयमानै जीबन बिमा गरी आफु र आफ्ना आश्रीतका लागि आर्थिक जोखिमको ब्यबस्थापन गर्न आह्वान गर्नु भएको थियो ।
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..
Insurance Awareness Programme at Basgadi and Kohalpur
January 7, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र..
Death Claim Insurance Awareness Programme at Fattepur
January 6, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा फत्तेपुरमा बीमा जागरण..