Death Claim Insurance Awareness Programme at Salyan
January 1, 2020
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सल्यानमा
धबीमा जागरण तथा बीमा दावी रकम भुक्तानी
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ पौष १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो । बीमित स्वः केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमाशुल्क रु.४८७६४।– भुक्तानी गरि ५ लाख बीमाङ्कको जीवन बीमा गर्नु भएकोमा एक कार्यक्रमका विच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला वस्नेतलाई रु. ५,१७,५००।– को चेक हस्तान्तरण गर्नुभएको छ । साथै सोही अवसरमा सल्यान जिल्लामा बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ । गोरख बहादुर के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कम्पनीका महाप्रबन्धक कमलराज गौतम हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन दाङ शाखा प्रबन्धक मोतिलाल भट्टराईले गर्नु भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको थियो ।
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..
Insurance Awareness Programme at Basgadi and Kohalpur
January 7, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र..
Death Claim Insurance Awareness Programme at Fattepur
January 6, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा फत्तेपुरमा बीमा जागरण..