01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

Press Release

2nd Anniversary

September 23, 2019
2nd Anniversary

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

दोश्रो वर्ष पुरा गरी तेश्रोे वर्षमा प्रवेश

२०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको दोश्रो वर्ष पुरा गरी तेश्रोे वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।
कम्पनीले यही आश्विन ६ गते समाजिक सेवा दिवसकै अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा रक्तदान, सरसफाई, बृद्धाश्रम÷हस्पिटलमा फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरिएको छ ।
कम्पनीको उपलब्धी हाँसिल गर्नमा बीमा समिति, समस्त अभिकर्ता, सम्पुर्ण कर्मचारी, ग्राहक वर्ग तथा शेयरधनी महानुभावहरुले कम्पनी प्रति दर्शाउनु भएको विश्वास तथा सद्भाव प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ बढी सुलभ, सरल र आधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।