01-4436126 info@snlic.com
Kamaladi, Kathmandu Nepal
Stay Connected On

Press Release

Death Claim and Insurance Awareness Programme at Sindhuli,Bardibas 2075-08-24

December 11, 2018
Death Claim and Insurance Awareness Programme at Sindhuli,Bardibas 2075-08-24

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

             

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ मंसिर २४ गते बर्दिवासमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो । बीमित स्वः श्याम सुन्दर महतोले रु ९४,३३६।– बीमाशुल्क भुक्तानी गरि जीवन बीमा गर्नु भएकोमा निजको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई रु १० लाखको चेक रकम भुक्तानी गरियो । उक्त कार्यक्रम बर्दिबास नगरपालिका – १, का वडा अध्यक्ष श्री चुडामणि पोख्रेल, कम्पनीका महाप्रबन्धक श्री कमलराज गौतम र मुख्य बजार विकास प्रवद्र्धक श्री राजु के.सी. र जनकपुर शाखाका शाखा प्रवन्धक नवराज चौधरीको उपस्थित रहेको थियो ।
साथै कम्पनीले मिति २०७५ मंसिर २३ र २४ गते सिन्धुली र महोत्तरी जिल्लामा स्थानीय र अभिकर्ताहरुको उपस्थितीमा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
स्थानिय निकायका जनप्रतिनिधि, आम सर्वसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा महाप्रबन्धक श्री कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारी अभिकर्ताहरुसंग अन्र्तक्रिया समेत गरिएको थियो ।